काठमाडौ : आर्थिक बर्ष २०७५ र ०७६ को लेखा परिक्षणको बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरे बापत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरूलाई नगद सहित प्रशंसा पत्र प्रदान गरेका थिए । आगामी दिनमा समेत निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्योट कार्यमा लगनशील एवं सक्रिय कार्य सम्पादनको अपेक्षा समेत गरिएको प्रशंसा पत्रमा उल्लेख छ ।
यसै गरी आर्थिक बर्ष २०७४र ०७५ सम्मको बेरुजु फर्छ्योटको प्रगतिमा सर्बोत्कृष्ट स्थान हासिल गरे बापत अघिल्लो बर्ष समेत महानिरीक्षक खनाल पुरस्कृत भएका थिए ।