सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम (फोटो फिचर) 

राम्रो अनलाइन     ०९ माघ २०७९, सोमबार
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम (फोटो फिचर) 

२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ  । विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको शिलशिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

साथै अमर सशस्त्र प्रहरीहरुको पवित्र आत्माको चिरशान्तिको लागि अति आवश्यक पञ्चतत्वको परिपूर्ती गर्न सशस्त्र प्रहरी बल नेपालको ईष्टदेवी बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाईएको छ । संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास व्यक्त गरे ।

प्रतिक्रिया