स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप

राम्रो अनलाइन     ०९ कात्तिक २०८२, आइतबार
स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप

काठमाडौँ– नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।

तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने २२ वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनार बैङ्किङ कसुरमा फरार रहेको अभिलेखसमेत पाइएको बताए।

दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्‍याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको थियो । निजका साथबाट रु ६९ लाख ८५ हजार नगदसहित सुनको झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको थियो । 

प्रतिक्रिया