सप्तकोशीमा ५६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
सप्तकोशीमा ५६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह

 

काठमाडाैं – सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ५६ वटै ढोका खोलिएको छ। बिहान ९ बजेसम्म नदीको वहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ। 

सप्तकोशी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्छ। त्यसभन्दा माथि भएमा आसपास क्षेत्रमा डुवान पर्छ। नदीको जलसतह अझै बढ्दो क्रममा रहेकाे छ। 

नदीको वहाव बढ्दै गएपछि सप्तकोशी जलमापन केन्द्रले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।   

प्रतिक्रिया