सिटिजन लाइफको ‘विद्यार्थीसँग बीमा’ 

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
सिटिजन लाइफको ‘विद्यार्थीसँग बीमा’ 

सिटिजन लाइफ इन्स्योरेन्सले ३ वर्षदेखि जीवन बीमा व्यवसायलाई हरेक नेपालीको पहुँचमा पु¥याएर बीमाको सचेतना बढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरूमा ‘विद्यार्र्थीसँग बीमा’ कार्यक्रम गरिँदै आएको बताएको छ ।
कार्यक्रमले गाउँ–गाउँमा बीमाप्रति जनचेतना जगाउन सहयोगी उँननिकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।  
कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४०० विद्यार्थी, दोस्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार एवं तेस्रो वर्षको हालसम्म करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सयभन्दा बढी विद्यार्थीलाई बीमासम्बन्धी ज्ञान दिइएको छ ।
कम्पनीका विभिन्न शाखा कार्यालयले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विद्यालय तथा कलेजमा यो कार्यक्रम गर्दै आएका हुन् ।
विद्यार्र्थीहरु सचेत हुँदा घरका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्ने, बेला छँदै जीवन बीमा गरे शुल्क पनि कम हुने र सोही शुल्कले जोखिम न्यूनीकरण गर्न सकिने हुँदा विद्यार्थीसँग बिमा कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया