एसियन लाइफका भुक्तानीहरु अब पूर्ण स्वचालित

राम्रो अनलाइन     २८ वैशाख २०७८, मङ्गलबार
एसियन लाइफका भुक्तानीहरु अब पूर्ण स्वचालित

एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । सोहि अनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ ।

यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरू मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सक्नेछ ।

एसियन लाइफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एसियन लाइफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

प्रतिक्रिया