सिरहामा गोली हानी सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या

घटनमा सम्लग्न भएको आशंकामा चौधरी र सहनी पक्राउ
राम्रो अनलाइन     २९ चैत २०७७, आइतबार

सिरहा । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालक प्रदीप विश्वकर्माको  गोली हानी हत्या गरेका छन् । लुटपाट गर्न आएको समूहले लहान–२२ निवासी ३८ वर्षीय विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

लुटेराको गोली लागेर मृतक प्रदीपकी श्रीमती अमृता घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोजेपछि दम्पत्ति प्रतिकारमा उत्रिएका थिए ।

त्यसपछि समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । 

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया