काठमाडौं– नेपाल प्रहरीका एसपी एवं पर्सा प्रहरीका प्रमुख कुमोद ढुंगेल अब्बल एवं काबिल प्रहरी अधिकारीका रूपमा चिरपरिचित छन् । प्रहरी संगठनमा उच्चस्तरको क्षमता प्रदर्शन गरिरहेका ढुंगेलले आफूले कमाण्ड समालेका स्थानमा विशेष छाप छोड्न सफल हुँदै आएका छन् । एसपी ढुंगेल आफू कार्यरत संगठनबाट मात्रै होइन सशस्त्र प्रहरी बलबाट पनि सम्मानित भएका छन् ।
सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्। एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए। नेपाल प्रहरीमा अब्बल नेतृत्व क्षमता प्रदर्शन गरिरहेका ढुंगेल संगठनको उच्चतहको नेतृत्वमा पुग्ने अपेक्षा गरिएका व्यक्तित्व हुन् ।

