सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट

राम्रो अनलाइन     १० पुस २०८०, मङ्गलबार
सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट

सिन्धुली–  लेनदेनको विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

लेनदेनको विषयमा विवाद हुँदा उनलाई स्थानीयले पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ ।

 उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको हो । उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको थियो । उनलाई अहिले सेफ होममा राखेको छ । 

प्रतिक्रिया