सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमा मृत्यु

राम्रो अनलाइन     २१ असोज २०८१, सोमबार
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमा मृत्यु

 

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुबाहक बस दुर्घटना भएको छ ।काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको हाे । 

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।  थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया