सीजी ब्रान्डका आकर्षक पंखा नेपाली बजारमा

राम्रो अनलाइन     १० चैत २०७७, मङ्गलबार
सीजी ब्रान्डका आकर्षक पंखा नेपाली बजारमा

गर्मी बढ्दै गइरहेको समयमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ ।

उपभोक्ताको रुचीलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका पंखाहरु बजारमा ल्याएको हो । उपभोक्ताहरुले नजिकको डिलरबाट आफूलाई मन पर्ने पंखाहरु खरिद गर्न सकिने सीजीले जनाएको छ । सिलिङ पंखा, स्ट्याण्डपंखा, टेबुल पंखा, वाल पंखा, एगजस्ट पंखा र रिचार्जऐबल पंखाहरु उपलब्ध रहेको सीजीले जनाएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विषेशताका साथै विभिन्न साइजमा उपलब्ध रहेको सीजीले जनाएको छ । सिलिङ पंखाको खरिदमा २४ महिनाको वारेण्टी र रिमोट पनि उपलब्ध हुनेछ । सिलिङ पंखाहरु २४ इन्चदेखि ४८ इन्चसम्मको साइजमा रहेको सीजीले जनाएको छ ।

स्ट्याण्ड पंखामा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा उपलब्ध रहेको र विजुली नभएको समयमा पनि चलाउन मिल्ने रिचार्जएबल पंखाहरु पनि उपलब्ध रहेको सीजीले जनाएको छ ।

प्रतिक्रिया