शेयर बजारमा दोस्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द 

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
शेयर बजारमा दोस्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द 

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दोस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

प्रतिक्रिया