राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्त विद्रोह गरेर राजनीतिमा आएको बताएका छन् । पश्चिम चितवनको शारदानगरमा पार्टीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सदन र सडकबाट जनताको आवाज उठाइरहेको बताए । उनले पार्टीमा अनुभवका केही कमि रहेको भन्दै सिक्दै र सच्चिदै जाने बताए ।