सामसङले ग्यालेक्सी एस२४ अल्ट्राका लागि ल्यायो नयाँ कभर 

राम्रो अनलाइन     ०७ वैशाख २०८१, शुक्रबार
सामसङले ग्यालेक्सी एस२४ अल्ट्राका लागि ल्यायो नयाँ कभर 


काठमाडौं–सामसङले ग्यालेक्सी एस२४ अल्ट्रा फोनका लागि टिटानियम पहेँलो रङको नयाँ कभर सार्वजनिक गरेको छ ।कम्पनीले १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको एस२४ अल्ट्राका लागि नयाँ टिटानियम ‘येलो’ भेरियन्टको कभर ल्याएको हो । यो कभरमा कटिङ एज फिचरहरू रहेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी एआईसहितको एस२४ अल्ट्राले ग्राहकलाई स्मुथ र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा कुनै पनि फोटोमा गोलो किसिमले टच गर्दै सर्कल बनाउँदा त्यसबारे गुगल सर्च भएर विवरण देखिने फिचर छ ।

यो नयाँ कभर किन्नेले आउँदो मार्च ३१ सम्ममा तीन हजार २९९ रुपैयाँ पर्ने १ युनिट पहेँलो सिलिकन कभर पाउने अफर रहेको कम्पनीले जनाएको छ । दश हजार रुपैयाँदेखि ब्याजरहित किस्ताबन्दीमा पनि सामसङका फोन किन्न सकिने कम्पनीको भनाइ छ । 

प्रतिक्रिया