आमा ब्युटिसियन भएकाले मलाई सानैदेखि ग्ल्यामर फिल्डमा रुचि थियो। हाइट र फिगर राम्रो भएकाले टिन एजदेखि नै मोडलिङ सुरु गरेँ। सन् २०१६ देखि र्याम्प मोडलिङ गर्न थालेकी हुँ। पहिलो पटक र्याम्पमा उत्रिँदा त्यति डर लागेन। आत्मविश्वास थियो। १०–१२ वटा र्याम्प सोमा हिँडिसकेपछि यसै क्षेत्रमा केही गर्छु भन्ने लाग्यो। र्याम्प वाक गर्दै गएपछि आत्मविश्वास झन्झन् बढ्न थाल्यो। र्याम्पमा हिँड्दा मज्जा लाग्न थाल्यो। र्याम्पमा रमाउँछु।
फेसन सोमा मात्र नभई म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी छु। विभिन्न म्यागजिन र पत्रिकाका लागि फोटोसुट गरेकी छु। म मेकअप आर्टिस्ट पनि हुँ। ‘मिस नेपाल कल्चर’ प्रतियोगितामा भाग लिएकी थिएँ। त्यहाँ फस्ट रनरअप भएँ। बराह ज्वेलरीको क्यालेन्डरका लागि पनि फोटोसुट गरेकी छु। केही वर्ष के एन्ड केकी ब्रान्ड एम्बेसडर रहेँ।
मोडलिङ मेरो प्यासन हो। भारतमा कस्मेटिक साइन्स अध्ययन गर्दै छु। पढाइ पूरा गरेपछि कस्मेटिक सामान उत्पादन गर्ने र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने मेरो योजना छ।