मस्को, ३० माघ (एएनआई) : कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ । “अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्”, आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यति धेरै देशहरुले कोरोना विरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोपअन्तर्गत परेको अधिकारीहरूको भनाइ छ ।
उनीहरूका अनुसार धेरै माग गरिएकामध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ ।