रमेश लेखक बयानका लागि आयोगमा उपस्थित

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार
रमेश लेखक बयानका लागि आयोगमा उपस्थित

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । 

आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।

सरकारले जेनजी आन्दोलनको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । 

प्रतिक्रिया