रामेछापमा बस दुर्घटना, १० जना घाइते

राम्रो अनलाइन     १४ असार २०८१, शुक्रबार
रामेछापमा बस दुर्घटना, १० जना घाइते

 

रामेछाप– रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

लिखु तामाकोशी गाउँपालिका-६ स्थित गैरी भन्ने स्थानबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस शुक्रबार बिहान खिम्तिस्थित केउरिनी बिर्ताडाँडामा दुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा २५ जना सवार रहेकाे र १० जना घाइते भएका हुन्। घाइतेहरूको उद्दार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइएको प्रहरीले जनाएकाे छ।

बस सडकबाट झण्डै ३० मिटर तल खसेको बताइएकाे छ। 

प्रतिक्रिया