पुस्तक लेख्दै  ब्रिटनी स्पेयर्स

राम्रो अनलाइन     २२ फागुन २०७८, आइतबार
पुस्तक लेख्दै  ब्रिटनी स्पेयर्स

 

प्रसिद्ध अमेरिकी पप गायिका ब्रिटनीले किताब लेख्ने भएकी छिन्। त्यसका लागि उनले अमेरिकी प्रकाशन कम्पनी ‘साइमन एन्ड सुस्टर’ सँग १५ मिलयन डलरमा सम्झौता गरेकी छिन्। 

किताबमा उनले सम्बन्ध, करिअर, परिवार, विवादलगायत आफ्नो जीवनसँग जोडिएका थुप्रै कुरा खुलाउनेछिन्। केही महिनाअघि उनी बुबा जेमी स्पेयर्सको संरक्षणबाट स्वतन्त्र भएकी थिइन्। 

अमेरिकी कानुनअनुसार वृद्धवृद्धा वा मानसिक समस्याबाट ग्रस्त मानिसको कामकाज हेर्नका निम्ति अदालतका तर्फबाट एकजना अभिभावक नियुक्त गरिन्छ। त्यसैलाई ‘संरक्षकत्व’ भनिन्छ। 

१३ वर्षसम्म बुबाको संरक्षकत्वमा रहेकी उनले केही महिनाअघि अदालतसमक्ष यस ‘अपमानजनक संरक्षकत्व’ बाट मुक्ति पाउने माग गरेकी थिइन्।  सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले आफ्ना कथाव्यथा सबैलाई बताएकी थिइन्। बुबाले निजी जीवन र पैसामा हस्तक्षेप गरेको आरोप उनले लगाएकी थिइन्। 

त्यसपछि अदालतले उनलाई बुबाको संरक्षकत्वबाट मुक्त गरिदिएको थियो। आफ्ना जीवनका यी र यस्ता उतारचढावलाई नै ब्रिटनीले किताबमा उतार्नेछिन्।

प्रतिक्रिया