पूर्वी र मध्य नेपालका २३ स्थानमा बर्ड फ्लु

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
पूर्वी र मध्य नेपालका २३ स्थानमा बर्ड फ्लु

काठमाडौं – पशु सेवा विभागले चैतमा हालसम्मको अवधिमा मुलुकका २३ स्थानमा बर्ड फ्लु भेटिएको बताएको छ । 

विभागका महानिर्देशक उमेश दाहालले सुनसरी, मोरङ झापा, काठमाडौं र  चितवनका विभिन्न स्थानमा बर्ड फ्लु  पुष्टि भएको बताएका हुन् । 

यस वर्ष पहिलोपटक मोरङ जिल्लाको सुन्दरहरैचा र  उर्लाबारी  नगरपालिकामा बर्ड फ्लु देखिएको थियो ।

यस्तै, सुनसरीका १२ स्थान, मोरङका सात, झापाका दुई, चितवन र काठमाडौंका एक स्थानमा बर्ड फ्लु देखिएको हो । ‘सरकारले बर्ड फ्लु देखिएपछि हाँस, कुखुरा नष्ट  गर्दछ र त्यसबापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ,’ उनले भने । 

उक्त स्थानमा एक लाख चार हजार कुखुरा तथा हाँस नष्ट गरिएको महानिर्देशक दाहालले जानकारी दिए ।

प्रतिक्रिया