'पुजार सार्की' मा मैत बहादुर बन्दा यस्तो देखिए प्रदीप

राम्रो अनलाइन     २७ फागुन २०८०, आइतबार
'पुजार सार्की' मा मैत बहादुर बन्दा यस्तो देखिए प्रदीप

काठमाडौँ– दिनेश राउत निर्देशित फिल्म 'पुजार सार्की' बाट अभिनेता प्रदीप खड्काको लुक्स बाहिरिएको छ। कास्कीको कास्कीकोटमा छायांकन भइरहेको फिल्मको टिमले प्रदीपको पात्र परिचय गराएको हो । यो फिल्ममा प्रदीप ‘मैत बहादुर’को भूमिकामा देखिदैछन् ।

फिल्ममा उनी दमाहा बजाउने पात्रको भूमिकामा देखिएको प्रष्ट हुन्छ । यो फिल्मलाई जातीय विभेद विरुद्ध तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा तयार पारिएको छ । 

विकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीपको साथमा आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा लगायतका कलाकारको अभिनय छ । सुवास भुसालले निर्माण गरिरहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । 

प्रतिक्रिया