प्रदेश-१ का आर्थिक मामिलामन्त्री आङ्बुहाङको सांसद पद गयो

राम्रो अनलाइन     २३ चैत २०७७, सोमबार
प्रदेश-१ का आर्थिक मामिलामन्त्री आङ्बुहाङको सांसद पद गयो

विराटनगर । प्रदेश-१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रले आङ्बुहाङलाई सांसद पदबाट हटाएको छ । 

माओवादी छोडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो । उनी माओवादी प्रदेश १ संसदीय दलका नेता पनि थिए । 

सांसदबाट हटाएको जानकारी प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रले बताएका छन् । ‘पार्टीले आङ्बुहाङलाई पदमुक्त गरेको जानकारी प्रदेशसभालाई गराउने तयारी भइरहेको दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । 

दल त्याग्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

आङ्बुहाङले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् । 

प्रतिक्रिया