प्रभु क्यापिटलले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत सहज ढंगबाट निरन्तर शेयर कारोबार सञ्चालन गर्न सकिने ट्रिपल नाइनटिपल बेनिफिट डिम्याट योजना ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा तीन वटा फाइदा पाउनेछन् । यी लाभ डिम्याट खोल्दा मेरो शेयर लगइन निःशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने र पोर्टफोलियो व्यवस्थापन सेवामा ५० प्रतिशत छुट रहेका छन् ।
नयाँ डिम्याट खाता खोल्ने तथा नवीकरण गर्ने ग्राहक यस ट्रिपल नाइन ट्रिपल बेनिफिट डिम्याट योजनामा संलग्न हुन सक्नेछन् ।