भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार मंगलबार बिहान फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको हो ।
१२ जनाको घटनास्थलमै र घाइते ८ जनामध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको गुजुरात प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।