बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् । फरहान अख्तरको नयाँ फिल्म ‘जिले जरा’ मा यी तीन अभिनेत्री एउटै पर्दामा देखिने भएका हुन् ।
यो फरहानको डन -२ पछिको अर्को निर्देशकीय फिल्म हुनेछ ।
मंगलबार सार्वजनिक भएको मोसन पिक्चर्सको पोस्टरलाई तीनै अभिनेत्रीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । पोस्टरमा तीनै जनाको नाम पनि उल्लेख छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाले कट्रिना र आलियासँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, महिला मात्रैको मल्टिस्टारर हिन्दी फिल्म कम छन् । यो फिल्ममा मेरा दुई मिल्ने साथीहरु पनि छन् । यो खासमा हामी तीनजनाको मित्रताको उत्सव पनि हुनेछ ।
तीनै जनाले एउटै तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै खुसी साटेका छन् ।