पहिरामा पुरिएर मृत्यु

राम्रो अनलाइन     ०५ असार २०७८, शनिबार
पहिरामा पुरिएर मृत्यु

बझाङ, ५ असार : तलकोट गाउँपालिका–६ रजाडामा पहिरामा पुरिएर एक महिलाको मृत्यु भएको छ । 

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईँको पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।
 

प्रतिक्रिया