मोडल हन्ट नेपाल सिजन-१०: स्विमसूट राउण्डमा प्रतिस्पर्धी युगेष्ना तिमल्सिनाको सानदार प्रस्तुति (तस्बिरसहित)

राम्रो अनलाइन     १८ साउन २०८३, सोमबार
मोडल हन्ट नेपाल सिजन-१०: स्विमसूट राउण्डमा प्रतिस्पर्धी युगेष्ना तिमल्सिनाको सानदार प्रस्तुति (तस्बिरसहित)

काठमाडौँ–नेक्स्ट मोडल नेपाल प्रा. लि. को आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मोडल हन्ट नेपाल सिजन-१०' अन्तर्गतको स्विमसूट राउण्ड (Swimsuit Round) भव्य रूपमा सम्पन्न भएको छ।

'बीच हाउस बार एण्ड डाइनिङ' (Beach House Bar & Dining) मा आयोजित उक्त विशेष राउण्डमा प्रतियोगी नम्बर १२ युगेष्ना तिमल्सिना ले आफ्नो आकर्षक क्याटवाक र प्रभावशाली प्रस्तुतिमार्फत दर्शक तथा निर्णायकहरूको ध्यान आकर्षित गरेकी छन्। प्रतियोगितामा युगेष्नाको आउटफिट डिजाइन 'युशाज भिरागो' (Yousha’s Virago) ले तयार पारेको थियो।

विविध ब्रान्ड तथा साझेदारहरूको सहकार्य

फेसन र मोडलिङ क्षेत्रको उत्कृष्ट मञ्च मानिने यस प्रतियोगितालाई विभिन्न ख्यातिप्राप्त ब्रान्डहरूले सहयोग गरेका छन्:

टाइटल स्पोन्सर: नथिङ नेपाल (Nothing Nepal)

सह-प्रयाेजक: केएफसी नेपाल (KFC Nepal) र न्यूम्यु (Newmew)

स्मार्टफोन पार्टनर: नथिङ फोन ४ए [Nothing Phone(4a)]

ब्युटी पार्टनर: स्टार स्ट्रक बाइ एसएल नेपाल (Star Struck by SL Nepal)

स्टडी एब्रोड पार्टनर: एपेस इन्टरनेशनल (Apace International)

हेयर तथा स्किन केयर पार्टनर: आवरण स्किन एण्ड हेयर क्लिनिक (Aavaran Skin & Hair Clinic)

रोमान्टिक पार्टनर: लभबर्ड्स आइसक्रिम (Lovebirds Ice Cream)

एजुकेशन पार्टनर: द ब्रिटिश कलेज, काठमाडौँ (The British College Kathmandu)

डिजिटल पेमेन्ट पार्टनर: खल्टी (Khalti)

टेक पार्टनर: नोमोर क्लाउड (Nomor Cloud)

हस्पिटालिटी पार्टनर: याक एण्ड यति काठमाडौँ (Yak & Yeti Kathmandu)

फिटनेस पार्टनर: जिमशाला (GYMSHALA)

उत्कृष्ट मेकअप र भिडियोग्राफी

प्रतियोगीहरूको सौन्दर्य अभिवृद्धिका लागि पूनम ब्युटी एकेडेमी र लुजा मेकअप स्टुडियो एण्ड ब्युटी एकेडेमी ले आधिकारिक मेकअप पार्टनरको भूमिका निर्वाह गरेका छन्। त्यसैगरी, कार्यक्रमको दृश्य कैद तथा भिजुअल कन्टेन्ट रणनीतिको जिम्मेवारी फोपाल प्रोडक्सन (Phopal Production) ले सम्हालेको छ।

नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाहरूलाई उचाई दिने उद्देश्यले नेक्स्ट मोडल नेपालले विगत १० वर्षदेखि निरन्तर रूपमा 'मोडल हन्ट नेपाल' आयोजना गर्दै आएको छ।

प्रतिक्रिया