पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ अमेरिकाको क्यालिफोर्नियामा भब्यताका साथ सम्पन्न भएको छ । अवार्डमा सहभागी हुने नेपालबाट बरिष्ट चलचित्रकर्मी नीर शाह,शिव श्रेष्ठ,भुवन केसी,सुनील थापा,दीपाश्री निरौला,अनमोल केसी,केकी अधिकारी,आँचल शर्मा,केदार घिमीरे,जीतु नेपाल,नीति शाह,बिल्सन बिक्रम राई,जिया केसी,चेतन सापकोटा,उज्वल पौडेल,रिमा बिश्वकर्मा,मदुकुमार श्रेष्ठलगायतका कलाकर्मी केही दिन अघि अमेरिका पुगेका थिए।

लाइफ टाइम एचिभ्मेन्ट– शिव श्रेष्ठ ।
सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी (फर्की फर्की)
सर्वोत्कृष्ट अभिनेत्री– आँचल शर्मा (डिग्री माइला)
पपुलर अभिनेता– प्रदीप खड्का
पपुलर अभिनेत्री– केकी अघिकारी
सर्वोत्कृष्ट फिल्म– पुजार सार्की
सर्वोत्कृष्ट निर्देशक–दिनेश राउत
सर्वोत्कृष्ट लेखन– दीपेन्द्र लामा (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट छायांकन–आलोक शुक्ला (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट सम्पादन–मित्र गुरुङ (उपहार)
सर्वोत्कृष्ट सहअभिनेता–प्रमोद अग्रहरी (अगस्त्य)
सर्वोत्कृष्ट सहअभिनेत्री– वर्षा शिवाकोटी (परदेशी २)
सर्वोत्कृष्ट संगीतकार–प्रकाश सपुत (बोक्सीको घर)
सर्वोत्कृष्ट गायक–एसडि योगी (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट गायिका–समीक्षा अधिकारी (बोक्सीको घर)
जुरी अवार्ड–बोक्सीको घर
कृटिक्स अवार्ड– गाउँ आएको बाटो ।
(०८० साउन ०१ देखि ०८१ साल असार मसान्तभित्र रिलिज भएका अनि आयोजकलाई उपलब्ध गराइएका फिल्महरुबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको हो )


