फिल्म `फिरफिरे´को ट्रेलर रिलिज (भिडियो)

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार

 

काठमाडौं – हरर– कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ । फिल्ममा  सन्दीप श्रेष्ठ, पुस्प अवस्थी, मनोज कुमार अधिकारी लगायतको अभिनय रहेको छ ।

मनोज कुमार अधिकारी निर्माता तथा नितिश पुन सह(निर्माता रहेको फिल्ममा भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतको पनि अभिनय छ । यसमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ ।छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । 

प्रतिक्रिया