फिल्म ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक

राम्रो अनलाइन     २३ पुस २०८१, मङ्गलबार
फिल्म ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक


काठमाडौं– दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १४ सेकेण्डको टिजरले कथावस्तुबारे दर्शाएको छ ।

अधवैंशे पुरुषले युवतीलाई प्रेम प्रस्ताव राख्न गरेको संघर्षको कथा वरपर टिजर घुमेको छ । चरित्रको यौन मनोविज्ञान र बाहिर मानिस खुसी भएपनि भित्र भित्रै ऊ कति दुखी छ भन्ने थिमलाई टिजरले दर्शाउन खोजेको छ ।

जन्मदिन मनाउन र केक काट्न युवतीले युवकलाई मध्यरातमा घरमा बोलाउँछे । त्यसपछि यी दुईको सम्बन्ध कता मोडिएला रु ‘एन एडल्ट ड्रामा’ लेखिएको टिजरमा पात्रबीचको यौन मनोविज्ञानलाई केलाउन प्रयत्न गरिएको छ ।

टिजरमा अनुपविक्रम र शिशिर बाङदेल लगायतका सहायक कलाकार पनि छन् । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनकै पटकथा लेखन छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरियाले फिल्म निर्माण गरेका हुन् ।

सामाजिक र हास्यव्यंग्य कथावस्तुमा आधारित फिल्म निर्देशनको हिसाबले लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

यो फिल्म भ्यालेन्टाइन्स डे अवसरमा २ फागुन ९१४ फेब्रुअरी’मा प्रदर्शन तयारीमा छ । टिजरको शैली र कथ्यको हिसाबले यो फिल्मले दर्शकमा प्रणय दिवसको मुड सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया