पछिल्लो २४ घण्टामा देशभर २६६ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार २६६ नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ ।
गत २४ घण्टामा ४०० कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।
हाल नेपालमा ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन् ।