ओलीको शल्यक्रिया आज हुँदै

राम्रो अनलाइन     ३० चैत २०८२, सोमबार
ओलीको शल्यक्रिया आज हुँदै

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज (चैत ३०) पित्तथैलीको शल्यक्रिया हुँदै छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गर्न लागिएको हो । 

अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार, ओलीको सबै रिपोर्टहरू आएपछि शल्यक्रिया गर्न लागिएको हो । उनको शल्यक्रिया डा.पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा गरिँदै छ । ‘उहाँ (केपी ओली)लाई ओटीमा लगिसकेको छ,’ सहप्रवक्ता रोस्याराले भने । 

ओलीको पित्तथैलीमा समस्या देखिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो ।  ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । 

प्रतिक्रिया