ओलीको मनमौजीः जनप्रतिनिधि हुँदाहुँदै बाहिरका नेतालाई भटाभट मन्त्री

सांसद गएपछि संविधानतः मन्त्री पद गएकालाई अर्को दिन चोरबाटोबाट पुनःनियुक्ति 
राम्रो अनलाइन     २८ चैत २०७७, शनिबार
ओलीको मनमौजीः जनप्रतिनिधि हुँदाहुँदै बाहिरका नेतालाई भटाभट मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई पाखा लगाउँदै भटाभट जनप्रतिनिधि नभएकालाई मन्त्रीमा पुनःनियुक्रि गरेका छन् । उनको निर्देशनमा प्रदेशमा पनि जनप्रतिनिधि नभएकालाई मन्त्री नियुक्त गरिएको छ । 

ओलीले माओवादीले कारबाही सांसदबाट कारबाही गरेपछि संविधानतः मन्त्री पद पनि भएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्ति गरेका हुन् ।

माओवादीले लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायमाझी अर्घाखाँची १ प्रभु साह रौतहट ३ र गौरी शंकर चौधरी कैलाली ३ लाई कारबाही गरेपछि उनीहरुको मन्त्री पद गएको थियो । मन्त्री पद गएको अर्को दिन ओलीले उनीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका हुन् ।

रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, चौधरी श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री र साह सहरी विकासमन्त्री थिए । उनीहरुको पद गएको अर्को दिन पुनः नियुक्त गरिएको हो ।

प्रदेश एकमा पनि माओवादीले सांसदबाट कारबाही गरेपछि मन्त्री पद गएका टंक आम्बोहाआङ्बोहाङ मुख्यमन्त्री शेरधन राईले पुनः मन्त्री नियुक्त गरेका छन् । उनी प्रदेश १ मा माओवादी छोडेर एमालेमा प्रवेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

माओवादीका तर्फबाट प्रदेशसभा सदस्य लिम्बुले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐन विपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट खारेज गरेको पत्र यही चैत २६ गते सभामुखले सदनमा पढेर सुनाएपछि सो पद रिक्त हुन गएको हो ।

मन्त्री लिम्बुलाई यसअघि गएको चैत १३ गते सोही पदमा शपथ ग्रहण गराइएको थियो ।
 

प्रतिक्रिया