नयाँ प्रकारको कोरोनाविरुद्ध इरानमा निर्मित खोपले काम गरेको दाबी

राम्रो अनलाइन     १८ माघ २०७७, आइतबार

बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध इरानमा निर्मित खोप प्रभावकारी देखिएको अधिकारीहरूले दाबी गरेका छन् । इरानका स्वास्थ्य अधिकारीहरूका अनुसार नयाँ प्रकारको भाइरसविरुद्ध इरानमा निर्मित खोप ‘कोभिरान’ ले प्रभावकारी कार्य गरेको हो ।

स्थानीय खोपको उत्पादन र प्रभावकारीता अध्ययन गरिरहेका हसन जलीलीले दुई डोज कोभिरान लिएका स्वयंसेवकमा विश्वासिलो नतिजा आएको बताएका छन् । उनले स्वयंसेवकको शनिबार रगत परीक्षण गर्दा उनमा सकारात्मक नतिजा आएको बताएका हुन् । 

‘खोप लगाएकाको रगतको प्लाज्मा परीक्षणमा नयाँ प्रकारको भाइरसलाई पूर्ण रुपमा निष्क्रिय पार्ने क्षमता विकास भएको छ’, उनले भनेका छन् ।

हालसम्म इरानमा सात जनामा नयाँ प्रकारको भाइरस देखिएको छ । 

प्रतिक्रिया