निष्पक्ष न्याय सम्पादनमा जोड

राम्रो अनलाइन     १७ जेठ २०८२, शनिबार
निष्पक्ष न्याय सम्पादनमा जोड

गण्डकी–गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निष्पक्ष न्याय सम्पादन गरी नागरिकलाई न्याय सुनिश्चित गर्नु न्यायिक समितिको कर्तव्य भएको बताएका छन् ।

पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित मेलमिलापसम्बन्धी तालिमको आज यहाँ भएको समापन समारोहमा उनले संविधान र कानुनप्रतिको विश्वास, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक सुशासनको मूल्य मान्यता अङ्गीकार गरी कानुनको परिपालना गर्दै समितिले निष्पक्ष न्याय सम्पादन गर्नुपर्ने बताए।

सामुदायिक मेलमिलापसम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिँदै उनले स्थानीयस्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए। स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई तालिम महत्वपूर्ण र आवश्यक रहेको उनले बताए।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्। 

प्रतिक्रिया