निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक

राम्रो अनलाइन     ०७ माघ २०८२, बुधबार
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक

काठमाडौँ–निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ‘माईअभियान’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक भएको ।
 
www.myabhiyan.com नामक प्लेटफर्ममार्फत उम्मेदवारका लागि मतदाता बुझाइ, डिजिटल सञ्चार, सामाजिक सञ्जाल पोष्टिङ, मतदाता विश्लेषण, एआई सहायता सन्देशलगायतका सुविधालाई एउटै प्रणालीमा समावेश गरी निर्वाचन अभियान व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइजेसन गर्न सकिने छ ।
  
‘एकाई बेरी टेक्नोलोजी प्रालि’ले तयार गरेको सो प्लेटफर्मले निर्वाचन क्षेत्रको जनसाङ्ख्यिकी र अघिल्ला चुनावी नतिजाहरूको गहिरो विश्लेषण गर्ने, मतदाताको राजनीतिक झुकावका आधारमा वर्गीकरण गर्ने, दोधारमा रहेका मतदातालाई समर्थकका रुपमा बदल्न वातावरण सिर्जना गर्ने र वडा तह तथा मतदान केन्द्रसम्मको जानकारीलाई ‘डेटा’मा आधारित भई व्यवस्थित गर्न सहयोग पुर्‍याउने स्पष्ट गरेको छ ।   
 
सो कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त कार्कीका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारका लागि आवश्यक सबै रणनीतिक सुविधाहरूलाई एउटै छातामुनि समेटेकाले उम्मेदवारले आफ्ना कार्यकर्ता र स्वयम्सेवकहरूलाई डिजिटल माध्यमबाटै जिम्मेवारी सुम्पिन र उनीहरूको कार्यप्रगतिको प्रत्यक्ष निगरानी गर्न ‘माईअभियान’ प्लेटफर्म उपयोगी माध्यम हुनेछ ।
 
कम्पनीले एआई प्रविधिमा आधारित स्मार्ट प्लेटफर्ममार्फत आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारको चुनावी अभियानलाई सहज, व्यवस्थित,परिणाममुखी बनाउने सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया