निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छः प्रधानमन्त्री कार्की

राम्रो अनलाइन     १० पुस २०८२, बिहिबार
निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छः प्रधानमन्त्री कार्की

काठमाडौँ–प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताएकी छिन्। 

बाह्रखरी मिडियाद्वारा आज आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताए। उनले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताइन्। 

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर  अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन्। 

प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताउनुभयो । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको बताइन्।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताइन्। उनले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताइन्। दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै  उले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताइन्। 

फरक प्रसङ्मा जेनजी सहिदका प्रत्येक परिवारसँग फरकफरक कथा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कथा लेख्न साहित्यकारहरुलाई अनुरोध पनि गरिन्।

प्रतिक्रिया