काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (फागुन ७) सुर्खेतमा सभा गर्दै छ । पार्टीले यसलाई ‘परिवर्तन उद्घोषसभा’ नाम दिएको छ ।
सुर्खेतको घण्टाघर चोकमा दिउँसो १२ बजेदेखि सुरु हुने तय गरिएको सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
यही सभामार्फत पार्टीको चुनावी घोषणापत्र ९वाचापत्र० सार्वजनिक गरिने सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
रास्वपाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिएको छ ।