निर्देशक बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउँदै

राम्रो अनलाइन     ०८ वैशाख २०८२, सोमबार

काठमाडौँ–नेपाली चलचित्र ‘कार्की साइँला’ बन्ने भएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र मूहुर्त गर्दै निर्देशक राजेन्द्र बस्नेतले आगामी वैशाख २० गतेदेखि छायाङ्कन सुरू हुने जानकारी दिए। 

उनले भने, “ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई चलचित्रमा समेट्ने छौँ । यो एउटा भरियाको कथा हो, भूइँ मान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षालाई चलचित्रमा प्रस्तुत गर्नेछौँ ।” चलचित्रमा जीतु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायात कलाकारले अभिनय गर्दै छन्। 

अभिनेता नेपालले आफ्नो लागि फरक र चुनौतीपूर्ण भूमिका यस चलचित्रमा रहेको बताए । “पछिल्लो समय दर्शकले रुचाइरहनु भएको विषय प्रधान चलचित्र बन्ने छ । यसमा मैले गरिरहेको भूमिका भन्दा फरक रूपमा आफूलाई प्रस्तुत गर्दैछु”, अभिनेता नेपालले भने। 

कर्णबहादुर फिल्मस् प्रालिले निर्माण गर्ने चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता हुन्। 

प्रतिक्रिया