नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम 

राम्रो अनलाइन     १६ असोज २०८०, मङ्गलबार
नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम 

 

काठमाडौं– मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यस दिन परिसूचक १७ दशमलव ५६ अंक घटेर १ हजार ९५८ दशमलव ७२ विन्दुमा झरेको हो । अघिल्लो कारोबार दिन रू. १ अर्ब ७३ करोड बराबरको शेयर कारोबार भएकोमा आज भने रू. १ अर्ब १९ करोडमा झरेको छ ।

केही दिनअगाडि अर्थमन्त्री र गभर्नरबीच शेयर धितो कर्जामा लगाइएको १२ करोडको क्यापलाई हटाउने विषयमा छलफल भएको थियो । त्यसपछि लगानीकर्ताहरू सक्रिय हुन थालेका थिए । सोही कारण बजार बढेर नेप्से २ हजार विन्दुमाथि पुगेको थियो । तर, हालसम्ममा पनि गभर्नरले यस विषयमा केही निर्णय गरिसकेको अवस्था छैन । सोही कारण पनि बजार प्रभावित भएको देखियो । 

शेयर बजारलाई स(सानो सूचनाले प्रभावित पारिरहेको हुन्छ । सोही कारण बजारमा केही सकारात्मक खबर आउनेबित्तिकै बजार बढिरहेको हुन्छ भने नकारात्मक समाचारले प्रभावित पारेको हुन्छ ।  पछिल्लो समय बजार घट्नुको प्रमुख कारण नीतिगत अवरोध नै रहेको लगानीकर्ता बताउँछन् ।

यस दिन २८१ धितोपत्रको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर ५५ हजार ९६ पटकमा रू। १ अर्ब १९ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०६ प्रतिशत घटेको हो । 

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू। ६९६ पुगेको हो । त्यस्तै घलेम्दी हाइड्रोको शेयर मूल्य ७ दशमलव ८१ प्रतिशत बढेर रू। २२६ दशमलव ४० पुगेको छ । 

मंगलवार सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ७७९ मा झरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाई मूल्य ७ दशमलव ०८ प्रतिशत घटेर रू। ८ दशमलव ०१ मा झरेको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्री सिटिजन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको रू. ५ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ४४६ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंक छ । कम्पनीको रू. ५ करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको परिसूचक १ दशलमव ४७ प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १ दशमलव ३८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया