काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधि मार्फत देशभर खोप अभियानको गरेका छन् ।
अभियान सुरु भएसँगै तोकिएका अस्पताल, स्वास्थ्यसंस्था र खोप केन्द्रमा खोप लगाउने क्रम चलिरहेको छ । पहिलो चरणमा यस अभियानमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयमेसेविका, एम्बुलेन्स चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई दिइनेछ ।