नेपाल प्रहरीका ५३ एसपीको सरुवा, को कहाँ (सूचीसहित)

राम्रो अनलाइन     १९ माघ २०७९, बिहिबार
नेपाल प्रहरीका ५३ एसपीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका प्रहरी उपरीक्षक ९एसपी०हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत किास विभागले ५३ एसपीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार २०७९ माघदेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय गोरखा पुगेका छन् । त्यस्तै  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका अवदेश विष्ट क्षत्रीले जिल्ला प्रहरी कार्यालय तनहुँ सम्हाल्नेछन् ।

मानव बेचबिखन अनुसन्धान व्यूरोका दानबहादुर मल्ल नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल पुग्दा जिल्ला प्रहरी परिसर काठमाडौंका दिनेशराज मैनलीको सरुवा काठमाडौं उपत्यका प्रहरी गण नं. २ महाराजगञ्जमा भएको छ ।

कसको कहाँ सरुवा (सूची)

प्रतिक्रिया