नेपाल प्रहरीका ५ जना डीआईजी बढुवाका लागि सिफारिस

राम्रो अनलाइन     ०९ कात्तिक २०८२, आइतबार
नेपाल प्रहरीका ५ जना डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं–नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो ।

एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।

प्रतिक्रिया