नेपाल आइपुगे ‘पुष्पा’का भिलेन सुनील र ‘गजनी’का भिलेन प्रदीप

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
नेपाल आइपुगे ‘पुष्पा’का भिलेन सुनील र ‘गजनी’का भिलेन प्रदीप

 

काठमाडौं–  दक्षिण भारतीय चलचित्र ‘पुष्पा’का भिलेन सुनील वर्मा र बलिउड सिनेमा ‘गजनी’का भिलेन प्रदीप रावत नेपालमा आएका छन् । चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकनका लागि नेपाल आएका हुन् । 

काठमाडौंमा ‘ह्रस्व दीर्घ’को चौथो सेड्युलको छायांकन भइरहेको छ । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु भएको छ । 

सिनेमाकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड सिनेमा ‘गजनी’ भिलेन रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् ।

प्रदीप रावतले आफूले सिनेमामा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गरे । 

सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । सिनेमाको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको उनले बताए । 

यो चलचित्रले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने उनको विश्वास छ ।  नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

चलचित्रमा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ । नेपाली, तेलुगु र हिन्दीसहित तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउनेछ । 
 

प्रतिक्रिया