काठमाडौं–इन वान कम्पनीको बेन्को ब्रान्डको मोबाइलको ब्रान्ड एम्बास्डरमा नायिका प्रियंका कार्की नियुक्त भएकी छिन् । टेकुस्थित अम्बे कम्प्लेक्समा रहेको इन वान कम्पनीको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर शंकर मैनाली र नायिका कार्कीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बेन्को ब्रान्डको फोनलाई विगत ५ वर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीवितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै फिचर भएको र सुपथ मूल्यमा उपलब्ध हुने मोबाइल भएकाले नेपालमा यसको बजार राम्रो रहेको कम्पनीको दाबी छ ।
नायिका कार्की १ वर्षलाई अनुबन्धित भएसँगै यस ब्रान्डको मोबाइलको बजार विस्तार हुनेमा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीले आफ्नो फ्ल्यागसिप स्मार्ट फोन बेन्को एस१ निकट भविष्यमै नेपालमा सार्वजनिक गर्न लागिएकाले पनि नायिका कार्कीलाई ब्रान्ड एम्बास्डरमा अनुबन्ध गरिएको कम्पनीले जनाएको छ ।