नारायणी नदीमा तीन जनाको बेवारिसे शव फेला

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
नारायणी नदीमा तीन जनाको बेवारिसे शव फेला

 

नवलपुर–  नवलपुरको गैँडाकोट–१ नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट–१ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव भेटिएको हो ।

एकजना अनदाजी ६० वर्ष र अर्का अन्दाजी अन्दाजी ४५ वर्षका पुरुष तथा ४५ वर्षीय महिलाको शव भेटिएको प्रहरीको भनाइ छ । उनीहरूको सनाखत हुन सकेको छैन ।

बाढीले बगाएर ल्याएको हुन सक्ने भन्दै माछा मार्न गएकाहरूले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया