मर्मतसम्भार गरेपछि नयाँजस्तै देखियो सय वर्ष पुरानो पुल

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
मर्मतसम्भार गरेपछि नयाँजस्तै देखियो सय वर्ष पुरानो पुल

 

म्याग्दी- विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा  बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ। मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ। 

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो। एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ।  

प्रतिक्रिया