महोत्तरीमा गोली लागेर कोइराला घाइते

राम्रो अनलाइन     १९ चैत २०७७, बिहिबार

महोत्तरी । महोत्तरीमा अज्ञात समुह चलाएको गोली लागेर एक जना घाइते भएका छन् । बुधबार साँझ साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका १ का रोशन कोइराला घाइते भएको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएको आचार्यले बताए । घाइते कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भइरहेको छ । 

गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया