मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई कामपाको सहयोग

राम्रो अनलाइन     ०७ असार २०७८, सोमबार
मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई कामपाको सहयोग

सिन्धुपाल्चोक, ७ असार : काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । उनीहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण  गरे ।  काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको थियो । 

बाढीग्रस्त क्षेत्रको अवलोकनपछि  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यो दुःखद् परिस्थितिमा काठमाडौँ महानगरले यहाँका स्थानीय बासिन्दाको घाउमा मल्हम लगाएको बताए । कामपा प्रमुख शाक्यले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको  र यहाँको नदीको पानीबाट काठमाडौँबासी तिर्खा मेटाउन आतुर रहेको धारणा राखे ।
 

प्रतिक्रिया