‘यो दाजुको मिर्मिरे आँखा...’, ‘बेली र चमेली...’ लगायतका लोकप्रिय गीतका संकलक धनबहादुर गायकको पोखरामा निधन भएको छ । उनको सोमबार मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रिय लोकबजार सारंगी पाठशाला प्रतिष्ठानका अध्यक्षसमेत रहेका गायकलाई उच्च रक्ताचाप भएपछि तिन दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो समय गायक नयाँ पुस्तालाई सारंगी सिकाउन व्यस्त थिए । २०२१ साल वैशाख ६ गते जन्मिएका उनी पोखरा महानगरपालिकामा गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानको गन्धर्वमा नियुक्त हुन लागेका थिए ।